Logo

राष्ट्रपति निर्वाचनमा पराजयपछि ह्यारिसको पहिलो सम्बोधन, समर्थकको आँखामा आँसु



काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा पराजय ब्यहोरेपछि उपराष्ट्रपति कमला ह्यारिसले आफ्ना समर्थकलाई डोनाल्ड ट्रम्पको जित स्वीकार गर्न आग्रह गरेकी छिन् ।

चुनावी नतिजापछि बुधबार वाशिंगटन डीसीस्थित हावर्ड विश्वविद्यालयमा भएको आफ्नो सम्बोधनमा उनले आफ्नो आदर्शका लागि कहिल्यै हार नखान समर्थकलाई अपिल गरिन् ।

‘चुनावको परिणाम जे आयो त्यो हामीले चाहेकोजस्तो थिएन, उनले भनिन्, ‘तर हामीले चुनावी नतिजालाई सम्मान गर्नुपर्छ । अब सत्ता शान्तिपूर्ण रूपमा हस्तान्तरण हुनुपर्छ ।’

आफ्ना समर्थकको निराशा चिर्न ह्यारिस चुनावी अभियान गीतसँगै मञ्चमा पुगेकी थिइन् । सो क्रममा उनले आफ्ना रनिङ मेट, मिनेसोटा राज्यका गर्भनर टिम वाल्ज, अभियान कर्मचारी, समर्थक, पोल वर्कर र चुनावी अधिकारीलाई धन्यवाद दिइन् ।

उनको भाषणका दौरान धेरैजसो समर्थक आँसु पुछ्दै गरेका देखिएका थिए । चुनावमा हार हुनका बाबजुद पनि आफूले उठाएका मुद्दाहरूका लागि संघर्ष जारी राख्ने ह्यारिसले प्रतिबद्धता जनाइन् । जसका लागि आफूले अभियान चलाउने घोषणा पनि उनले गरिन् ।

बुधबार आएको नतिजामा डेमोक्रेटिक पार्टीकी ह्यारिस रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पसँग पराजित भएकी हुन् । राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प २७० इलेक्टोरल भोट भन्दा बढी नतिजा ल्याएर विजयी भएका थिए भने कमला ह्यारिस पराजित भएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्