काठमाडौं, २३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध पूर्व बाल लडाकू लेलिन बिष्टले दायर गरेको रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयलाई आगामी पेसीको जानकारी गराउने आदेश गरेको छ ।
आज (शुक्रबार) सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो । पूर्व बाल लडाकु विष्टले माओवादीको १० वर्षे सशस्त्र संघर्षका क्रममा बालबालिकाहरुलाई प्रयोग गरिएको भन्दै युद्ध अपराधमा कारबाहीको माग गरेका थिए ।