Logo

सरकार जनअपेक्षाअनुसार चल्न नसकेको नेता महरको निश्कर्ष, कांग्रेसले नयाँ कदम चाल्नसक्ने खुलासा



काठमाडौं, २३ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार जनता छाएको निरासालाई आशामा बदल्न असफल भएको बताएका छन् । कांग्रेस डडेल्धुराले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार जनअपेक्षा अनुसार चल्नु नसकेको बताए ।

सयदिने हनिमुन अवधिमा सरकारले खासै सफलता हात पार्न नसकेको उनको टिप्पणी छ । ससंद्को सबैभन्दा ठूलो पार्टी कांग्रेसले मुकदर्शक भएर बसेको उनले बताए ।

सरकारका सफलता र असफलतासँग कांग्रेसको प्रतिष्ठा जोडिएको उनले बताए । कांग्रेसले सञ्चालन गरेको देशव्यापी अभियानमा सरकारप्रति जनता सन्तुष्टिको समीक्षा हुने उनले बताए । त्यस पछाडि पनि सरकार जनअपेक्षाअनुसार चल्न नसके कांग्रेसले नयाँकदम चाल्नु पर्ने अवस्था आउनसक्ने उनले उनले बताए ।

कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य महरले एक फरक प्रसङ्गमा संविधानमा लेखिएको निःशुल्क स्वास्थ र शिक्षा प्राप्त गर्ने जनताको हक कार्यान्वयन गराउन देशका १६५ वटै निर्वाचन क्षेत्रमा पार्टीले विमर्शात्मक अभियान मंसिरको पहिलो हप्ताबाट सुरु हुने हुने बताए ।



प्रतिक्रिया दिनुहोस्