Logo

रामेछापका अलपत्र सडकबारे सरकारलाई एमाले नेताहरुको ध्यानाकार्षण, आवश्यक बजेट व्यवस्था गर्न दवाब



काठमाडौं, २३ कार्तिक । वर्षौंदेखि अलपत्र रहेका रामेछापका विभिन्न सडक निर्माण र कालोपत्रेको विषयलाई लिएर एमाले नेताहरुले सरकारको ध्यानाकार्षण गराएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मालाई भेटेर रामेछाप र ओखलढुंगानाका एमाले नेता र जनप्रतिनिधिले सरकारको ध्यानाकार्षण गराएका हुन् ।

उनीहरुले सेलेघाट–मन्थली–साँघुटार–घोराखोरी सडक, चौंरी–गुराँसे–गाल्बा सडक, काभ्रे र रामेछाप जोड्ने रणनीतिक सडक चौंरी गुराँसे गाल्बा सडक, तिल्पुङ हलेदे–धोबि–सिरिसे सडकलगायतको कालोपत्रेका विषयमा सरकारलाई दवाब दिएका छन् ।

उनीहरुले काम नगर्ने निर्माण कम्पनीहरुमाथि कारबाही र कालोपत्रे सम्पन्न गर्न आवश्यक बजेटसहितको व्यवस्था गर्नसमेत माग गरेका छन् ।

बागमती प्रदेशका पूर्व अर्थमन्त्री तथा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, ओखलढुंगाका पूर्व सांसद तथा एमाले नेता यज्ञराज सुनुवार, एमाले बागमती प्रदेश सदस्य रत्न गौतमलगातका नेताहरुले मन्त्रालयका सचिव शर्मालाई भेटेर ध्यानाकार्षण गराएका छन् । मन्त्रालका सचिव शर्माले आयोजना प्रमुखलाई ती सडकहरुको तत्काल फिल्ड भिजिट गरेर एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्