काठमाडौं, २८ कार्तिक । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नहरुको नाम नै सार्वजनिक गरिदिने घोषणा गरेका नवराज अर्याल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्याललाई नियन्त्रणमा लिएको हो ।
आफ्नो ज्यानको सुरक्षा गरिदिने हो भने उक्त घटनामा संलग्न रहेकाहरुको नाम भनिदिने उनले बताएका थिए । गत सोमबार राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा अर्यालले आफू उक्त घट्नाको प्रत्यक्षदर्शी भएकोसमेत दाबी गरेका थिए ।
‘म त्यो घट्नाको प्रत्यक्षदर्शी हुँ । मेरो भ्रमण आदेश हेर्नुपर्यो । मलाई अनुसन्धान होस । मलाई न्याय दिनुपर्यो । मेरो सुरक्षाको ग्यारेन्टी यो सरकारले दिन्छ भने म यो यो मान्छे भनेर तीन जना हुनुहुन्छ, तीनै जनाको नाम भनिदिन्छु,’– अन्तर्वार्ताका क्रममा अर्यालले भनेका थिए ।