Logo

इतिहास रच्‍दै विश्वकपमा पुगेको महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख दिने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइज टिमले विश्वकपमा छनोट भएको नेपाली यु-१९ महिला टिमलाई १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् ।

शुक्रबार एनपीएलका आठ फ्रेन्चाइज टिमले नेपाली यु-१९ महिला टिमलाई संयुक्त रूपमा १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार फ्रेन्चाइज टिमले ऐतिहासिक उपलब्धिका लागि सम्मान स्वरुप यु-१९ महिला टिमलाई पुरस्कार दिने घोषणा गरेका हुन् ।

यसअघि क्यानले बिहीबार यु-१९ महिला टिमका खेलाडीहरूलाई जनही साढे २ लाख र टिम अफिसियलहरूलाई एक लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।

बुधबार आयोजक यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल आईसीसी महिला यू- १९ टी- २० विश्वकपमा छनोट भएको थियो । नेपाल सन् २०२५ को १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुने आईसीसी महिला यू- १९ टी- २० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा छ ।

नेपाल रहेको समूह ‘डी’ अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपालले १८ जनवरीमा बंगलादेश, २० जनवरीमा स्कटल्याण्ड र २२ जनवरीमा अस्ट्रेलियासँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्