Logo

उपनिर्वाचनको उम्मेदवार छनोटमा पुरानै गल्ती दोहोर्‍याउँदै कांग्रेस



काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको समय आउन दुई दिनमात्र बाँकी छ । मंसिर २ गते उम्मेदवारको मनोनयन हुँदैछ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत २ जिल्लामा जिल्ला समन्वय समितिको प्रमुखसहित अन्य ४२ स्थानमा उपनिर्वाचन हुँदैछ । अहिले दलहरु उम्मेदवारी छनोट र चुनावी प्रचारमा व्यस्त छन् ।

पुरानै गल्ती दोहोर्याउँदै कांग्रेस ?

उपनिर्वाचनको मनोनय दर्ताको समय आउन लाग्दा पनि सत्तारुढ दल नेपाली कांग्रेसलाई भने उम्मेदवार छान्नै सकस परेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर, कीर्तिपुर ४ को वडाध्यक्ष र काठमाडौं १६ को वडाध्यक्षमा कांग्रेसले उम्मेदवार टुंग्याउन सकेको छैन् । शहरी मतदाता रहेको र राजनीीतक दलहरुले केन्द्रविन्दुमा राखेको कीर्तिपुरमा सबैको ध्यान छ । कीर्तिपुरको मेयरमा नेकपा एमालेले डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउँदा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले डा शिवनारायण महर्जनलाई उम्मेदवार बनाएको छ । रास्वपाले जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । राप्रपाले इन्जिनियर धुब महर्जनलाई उठाएको छ ।

तीन पार्टीले उम्मेदवार छनाटे गरेर चुनावी प्रचारप्रसार गरिरहँदा कांग्रेसले भने उम्मेदवार छान्न सकेको छैन् । कांग्रेसबाट कीर्तिपुरमा नगरसभापति कृष्णमान डंगोलसहित १३ जनाको नाम सिफारिस भएको छ । कीर्तिपुरमा तीन दशकदेखि एमालेले एकछत्र जित्दै आएकोमा गत निर्वाचनमा कांग्रेसले जित निकालेको थियो । कीर्तिपुरको मेयर जितेका राजकुमार नकर्मीको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा स्वर्गीय नकर्मीकी श्रीमती जमुना नकर्मीले पनि दाबी गरेकी छन् । यद्यपि अन्तिम टुंगो लागेको छैन् ।

त्यसोत टिकट वितरणमा ढिलाई गर्ने कांग्रेसको पुरानै रोग हो । टिकट वितरणमा कांग्रेसको गुट उपगुटलाई व्यवस्थापन गर्नुपर्ने वाध्यताले गर्दा टिकट वितरण सहज रुपमा हुँदैन । यसअघि गत वैशामा भएको प्रतिनिधि सभा उपनिर्वाचन र प्रदेश सभाको उपनिर्वाचनमा पनि कांग्रेसले मनोनयनको अघिल्लो दिन टिकटको टुंगो लगाएको थियो । एमालेले एक महिना अघिनै इलाममा सुहाङ नेम्वाङ र बझाङमा दामन भण्डारीलाई उम्मेदवार बनाउँदा कांग्रेसले उम्मेदवारी दर्ताको अघिल्लो दिन इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई टिकट दिएको थियो । तर,दुवै ठाउँमा पराजित भए ।

अहिले स्थानीय तहका ३९ पद रिक्त छन् । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३० वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।

उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् । माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको छ ।

कांग्रेसले हालसम्म १० स्थानमा उम्मेदवारी टुंग्याएको छ । यी हुन् टुंगिएका उम्मेदवार

कोशी प्रदेश

(१) सिरिजंगा गाउँपालिका ताप्लेजुङ, वडा नं. ३, वडा अध्यक्ष-भीमकुमार लक्सम्वा
(२) कन्काई नगरपालिका वडा नं. ६,झापा वडा अध्यक्ष- रामगोपाल वली
(३) वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, अध्यक्ष
(४) नगेन्द्र लिम्वू – तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८,वडा अध्यक्ष
(५) तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, वडा अध्यक्ष
(६) टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, प्रमुख
(७) घनश्याम दाहाल– ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, वडा अध्यक्ष
(८) सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, वडा अध्यक्ष
(९) नवराज बस्नेत – उदयपुर, बेलका नगरपालिका, वडा ९, वडा अध्यक्ष

गण्डकी प्रदेश

(१) भाईकाजी आले– गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, वडा अध्यक्ष



प्रतिक्रिया दिनुहोस्