काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यसको घोषणा गरेका हुन् ।
त्यस्तै एनपीएललाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ । यो सम्झौतासँगै एनपीएलको नाम अब ‘सिद्धार्थ बैंक एनपीएल’ रहनेछ। क्यान सचिव खड्काका अनुसार सिद्धार्थ वैंकसँग ५ वर्षका लागि सम्झौता भएको हो ।
क्यानले पहिलो पटक गर्न लागेको एजपीएल यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । एनपीएलका लागि ८ वटा टिम सहभागी हुँदैछन् ।