काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आसन्न उपनिर्वाचनका निम्ति उमेदवारको टुंगो लगाएको छ । शनिबार एमालेले स्थानीय तहमा रिक्त ४२ पदमा नै उमेदवार हुने व्यक्तिका नाम सार्वजनिक गरेको हो ।
एमालेले यसअघि नै कतिपय उमेदवारको नाम टुंगो लगाएको थियो । बाँकी पदमा पनि उमेदवारको नाम चयन गरिएको एमालेले जनाएको छ ।
उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।
को कहाँ उम्मेदवार ?