काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । ढुंगानाको पार्थीव शरीरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पूर्व सभामुख ढुंगानालाई अन्तिम बिदाइ गरेका हुन् ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ ।
सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने ढुङ्गानाको परिवार स्रोतले जानकारी दिएको छ । नेपाल सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानका सा गर्ने निर्णय गरेको छ ।