काठमाडौं, ३ मंसिर । आसन्न स्थानीय तह उपनिर्वाचनमा साना दलहरुलाई उम्मेदवार नै पाउन धौधौ भएको छ । देशभर स्थानीय तहमा रिक्त रहेका ४४ पदमध्ये रास्वपाले २७ स्थानमा र एकीकृत समाजवादीले २० स्थानमा मात्रै उम्मेदवार उठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुन लागेको हो ।
एकीकृत समाजवादीले कोशी प्रदेशअन्तर्गत मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा दिल बहादुर विश्वकर्मा, सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा डोमी उराव, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १२ को वडाअध्यक्षमा निर्मला चौधरीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, मधेश प्रदेशअन्तर्गत रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ को वडाअध्यक्षमा सदरे आलम, गढीमाई नगरपालिका–८ को वडा अध्यक्षमा वजरंगी प्रसाद यादव, धनुषाको धनुषाधाम नगरपालिका– १को वडा अध्यक्षमा गोपाली साहलाई उम्मेदवार बनाइएको छ ।
बागमती प्रदेशअन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा रविना खड्का, नुवाकोटको ककनी गाउँपालिका– २ को वडा अध्यक्षमा मान बहादुर लामा, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा बलराम बल, काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडा अध्यक्षमा मिन बहादुर मानन्धर, कीर्तिपुर नगरपालिकाको वडा नं.४ को वडा अध्यक्षमा रीता खड्काको उम्मेदवारी परेको छ ।
त्यसैगरी, कर्णाली प्रदेशअन्तर्गत दैलेख जिल्ला महाबु गाउँपालिका अध्यक्षमा जगत हमाल, दुल्लु नगरपालिका वडा नं १३ को वडा अध्यक्षमा जगत शाही, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा जमना शाही, कुसे गाउँपालिका वडा नं. ७ को वडा अध्यक्षमा वीर बहादुर सिंह, हुम्लाको सर्केगाड गाउँपालिक उपाध्यक्षमा सौभाग्य शाही, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा धन बहादुर घर्ती, रूकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५ को वडा अध्यक्षका लागि हंशराज पुरीले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी, सुदुरपश्चिम प्रदेशअन्तर्गत बाजुराको स्वामी कार्तिकखापर गाउँपालिकाको उपाध्यक्षका लागि जवा शाही, कन्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षका लागि जीतेन्द्र चन्दलाई एकीकृत समाजवादीले उम्मेदवार बनाएको छ ।
त्यस्तै, रास्वपाले देशका विभिन्न निर्वाचन क्षेत्रहरुमध्ये २७ वटा स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीका अनुसार रास्वपाले कोशी प्रदेशअन्तर्गत मोरङको ग्रामथान नगरपालिकाको अध्यक्षमा नविन कुमार खवासलाई उम्मेदवार बनाएको छ । त्यस्तै, तेह्रथुमको लालिगुरास नगरपालिका–८ को वडा अध्यक्षमा सञ्जिव खड्का, सुनसरीको गढी गाउँपालिका–६ को वडा अध्यक्षमा शशीकुमार शाहु, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ को वडा अध्यक्षमा विष्णुप्रसाद कोइराला, ताप्लेजुङको श्रीजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षका देवीप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।
यी हुन् रास्वपाका २७ उम्मेदवारहरु