काठमाडौं, ३ मंसिर । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ठूलो रकम लगानी गरेको आरोप लगाएका छन् । आज एक भिडिओ सार्वजनिक गर्दै प्रसाईँले ओलीले कम्बोडियाको एक्जियटा कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी गरेको आरोप लगाएका हुन् । उनले भिडिओमा विभिन्न प्रमाणहरुसमेत समावेश गरेका छन् ।
साथै, अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओली कम्बोडिया बिजनेश फोरममा रहभागी हुन त्यहाँ गएको र उनले शेयर होल्डरको रुपमा हस्ताक्षर गरेको प्रसाईँको दाबी छ । ओलीले लगानी गरेको अमेरिकी डलरको नेपाली मूल्य साढे ३२ अर्ब भन्दा धेरै हुन्छ ।