Logo

पपुलिस्ट शक्तिहरुले कांग्रेस महामन्त्रीद्वय गगन, विश्वप्रकाशमाथि आक्रमण गरिरहेको एमाले नेता बस्नेतको आरोप



काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले रवि लामिछाने, कुलमान घिसिङ, दुर्गा प्रसाईँ, बालेन शाहलगायतलाई ‘पपुलिस्ट’ को संज्ञा दिएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले रवि, बालेन, कुलमानलगायतले सामाजिक सञ्जालमार्फत अराजकता मच्चाइरहेको बताएका हुन् ।

यिनै पुपुलिस्टहरुको कारण गत २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका शंकर पोखरेल, प्रदीप ज्ञवाली, महेश बस्नेतलगायतका नेताहरु चुनावमा पराजित हुने अवस्था बनेको उनले स्मरण गरे । अहिले यिनै पपुलिस्ट शक्तिहरुले कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाशलगायतका नेताहरुमाथि आक्रमण गरिरहेको नेता बस्नेतको आरोप छ । पुराना दलहरु काम नलाग्ने भए भनेर आरोप लगाउँदै उदय भएका पपुलिस्ट शक्तिहरु अहिले काम नलाग्ने प्रमाणित भइसकेको उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्