काठमाडौं । मंसिर १६ गतेहुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्दैछ । मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता भएको थियो ।
४४ पदका लागि हुने उपनिर्वाचनका लागि ४०७ जनाले मनोनयन दर्ता गरेका छन् । आगामी मंसिर १६ गते काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरसहितका पदमा उपनिर्वाचन हुँदैछ । चुनाव चिन्ह दिनुअघि आजै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुनेछ । त्यसका लागि विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय पनि दिईएको छ ।
राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलका उम्मेदवारले मात्र सम्बन्धित दलको निर्वाचन चिह् पाउँछन् । अन्य उम्मेदवारलाई भने निर्वाचन आयोगले निर्वाचन चिह्नहरुको समूहमध्येबाट कुनै एउटा चिह्न वितरण गरिन्छ ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।