Logo

बीआरआई लिने, तर ऋणमा लिन सकिँदैनः कांग्रेस नेता केसी (भिडिओसहित)



काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र केसीले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) लोनमा लिन नसकिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बीआरआई परियोजना अनुदानमा मात्रै स्वीकार गर्न सकिने बताएका हुन् ।

बीआरआई सम्झौता भइसकेको स्मरण गराउँदै उनले अहिले नेपालले ऋण धान्न नसक्ने बताएका हुन् । उनले बीआरआईमा ऋण नै लिनुपर्छ भन्ने बाध्यता नरहेको बताए ।

‘अहिले बीआरआई लिने, तर अनुदानमा मात्रै लिने । अहिले करिब–करिब २५ खर्ब ऋण भइसकेको अवस्थामा, हाम्रो अर्थतन्त्र पनि आयभन्दा ब्याय बढी भएको, करिब–करिब १८ खर्बको बजेटमा १० खर्बको मात्रै आम्दानी भएको अवस्थामा अहिले हामी ऋणमा लिन सक्दैनौं,’– उनले भने ।

साथै, बीआरआईको विषयलाई लिएर कांग्रेस–एमाले गठबन्धन नटुट्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्