Logo

माइतीघरमा सहकारी पीडित र प्रहरी आमनेसामने, केही प्रदर्शनकारी घाइते (तस्वीरहरू)



काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा विरोध प्रदर्शन भएको हो।

थापाथलीतिरबाट आएको प्रदर्शनकारीको जुलुसलाई नेपाली सेनाको मुख्यालय प्रवेश गेट नजिक प्रहरीले रोक्न खोज्दा झडप भएको हो। झडपमा केही प्रदर्शनकारी घाइते समेत भएका छन्।

तस्विर सबै: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्