Logo

गौरीशंकरको उपाध्यक्षमा उमा लुंगेलीलाई किन जिताउने ?, यस्तो छ एमालेले देखाएका ११ कारण



काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत दोलखाको गौरिशंकर गाउँपािलकाको उपाध्यक्षका लागि २० जनाले उम्मेदवारी दिएका छन् । आइतबार भएको उपनिर्वाचनको मनोनयनमा प्रमुख राजनीतिक दलकासहित २० जनाले मनोनयन दर्ता गरेका हुन् । गौरिशंकरका तत्कालीन उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा एमालेले उमा लुंगेलीमगर शेर्पालाई टिकट दिँदा माओवादीले निमलेकी शेर्पा, कांग्रेसले पासाडीकी शेर्पा र रास्वपाले गोमा श्रेष्ठलाई उठाएको छ । गत निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । गठबन्धन गरेर चुनाव लड्दा पालिका अध्यक्षमा माओवादीका विश्वास कार्की र उपाध्यक्षमा कांग्रेसका तामाङ निर्वाचित भएका थिए । कार्कीले ४७५१ मत ल्याउँदा दोस्रो भएका एमालेका जँगबहादुर गुरुङ ३७५७ मतमा रोकिएका थिए । यता उपाध्यक्षमा तामाङ ४७४१ मतसहित निर्वाचित हुँदा एमालेबाट उम्मेदवार बनेकी मुना शिवाकोटी केसी ३२८१ मतमा रोकिएकी थिईन् ।

गत निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका कांग्रेस माओवादी अहिले एक्लै भिड्दा एमाले हौसिएको छ । गठबन्धनको बलमा आफ्नो विरासत भत्काएको भन्दै यसपटक सो विरासत फर्काउने एमालेको दाउ छ । पालिकासहित बहुमत वडामा माओवादीले जितेको हुँदा माओवादीले एकल बहुमतको नाममा मनपरि तन्त्र रोक्ने र पारदर्शी र जिम्मेवार बनाउन खबरदारी गर्न पनि एमाले उम्मेदवार शेर्पाले जित्नुपर्ने एमालेको जिकिर छ ।

एमाले जिल्ला कमिटीले आज एक विज्ञप्ति जारी गर्दै उमा लुंगेलीलाई जिताउनुपर्ने ११ कारण सार्वजनिक गरेको छ । स्थानीय साधान स्रोत पहिचान र स्थानीय समुदायको परिचालनबाट समृद्द गौरीशंकरका लागि बजेट सहितको कार्यक्रम तयार गर्न पनि एमाले उम्मेदवारले जित्नुपर्ने तर्क एमालेको छ ।

गौरीशंकरमा एमालेकै उपाध्यक्ष किन ? भन्दै पार्टीले ११ बुँदे योजना अघि सारेको छ

  • स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले सार्वजनिक गरेको गौरीशंकर रूपान्तरणका अल्पकालीन र दीर्घकालीन प्रतिवद्दताहरू पूर्ण लागू गर्न पहल गरिने छ ।
  • पालिकामा सशक्त, सही र जुझारू महिला जनप्रतिनिधि उपस्थिति गराउन ।
  • सक्षम उपाध्यक्षको न्यायिक समितिबाट न्यायको अनुभूति गराउन ।
  • माओवादी एकल बहुमतको नाममा मनपरि तन्त्र रोक्ने र पारदर्शी र जिम्मेवार बनाउन खबरदारी गर्न ।
  • स्थानीय साधान स्रोत पहिचान र स्थानीय समुदायको परिचालनवाट समृद्द गौरीशंकरका लागि बजेट सहितको कार्यक्रम तयार गर्न ।
  • पालिकामा भैरहेको भ्रष्टाचार¸अनियमिततालाई रोक्न ।
  • उपाध्यक्षको जिम्मेवारीमा विकास निर्माणको अनुगमन गरेर कमसल काम र व्यथितिपूर्ण विकासे गतिविधिको अन्त्य गर्न ।
  • विकट भूगोल, प्राकृतिक प्रकोपको जोखिमता र छरिएको वस्तिका कारण विभिन्न समस्या भोगिरहेको परिस्थितिमा एकीकृत वस्तीको अवधारणा अघि सार्न ।
  • विकास निर्माणमा जनसहभागिता गराइ विकासका हकदार नागरिक हुन् भन्ने मर्मलाई व्यवहारमा कार्यान्वयन गर्न ।
  • जनप्रतिनिधिहरू शासक हैनन्, सेवक हुन् भन्ने मर्मलाइ मनन् गर्दै सामाजिक रूपान्तरणमा जनप्रतिनिधिहरूले भूमिका खेल्ने वातावरण तयार गर्न ।
  • न्यायिक सम्पादनका सन्दर्भमा मेलमिलाप प्रकृयालाई प्राथिमकता दिँदै सामाजिक न्यायमा अधारित न्याय सम्पादनमा नेतृत्वदायी भूमिका खेल्न ।



प्रतिक्रिया दिनुहोस्