Logo

मिटरब्याज असुलेको आरोपमा धर्मेन्द्रका कार्यकर्ताले काटिदिए बस्नेत दम्पत्तिको नाक



काठमाडौं । दाङमा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले एक व्यवसायी दम्पत्तिको नाक काटिदिएका छन् । बिहीबार बहुमतका कार्यकर्ताले व्यवसायी धर्मबहादुर बस्नेत र पत्नी माधवा बस्नेतको नाक काटिदिएका हुन् ।

आज बिहान घोरोहिमा रहेको विपी चोकस्थित संजिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला उनीहरुले बस्नेत दम्पत्तिको नाक काटेका हुन् । नाक काट्ने बहुमतका कार्यकर्ता फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्