Logo

नाकाबन्दी सामना गर्‍यौ, एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन्, डटेर सामना गछौं: शंकर पोख्रेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्न ठूलो प्रपञ्च रचिएको दाबी गरेका छन् ।

शुक्रबार एमालेले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले एमालेलेलाई कसरी सिध्याउन सकिन्छ भनेर केही व्यक्ति लागिपरेको जिकिर गरे । ‘विकास र समृद्धिको अभियानमा होस् या सामाजिक सुरक्षासहितको लोककल्याणकारी राज्य स्थापनामा एमालेले पहल गर्दै आएको छ । तर हाम्रो पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रकारका प्रपञ्चहरू भइरहेका छन् ’ उनले भने ।

महासचिव पोख्रेलले मुलुकमा संकट आउँदा संकटबाट जोगाउन एमालेले जागरण सभा गरेको जिकिर गर्दै भने ‘मुलुकलाई संकटबाट माथि उठाउने उदेश्यका साथ अगाडि बढिरहेको बेला हाम्रो प्रयासलाई असफल बनाउने उदेश्यका साथ नेपाली राजनीतिमा भ्रम र दुस्प्रचारको श्रृंखला अगाडि बढाउने जुन प्रकारको काम भएको छ । त्यसलाई चिरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि लैजाने संकल्प र अठोटका साथ यो जागरण सभा गरिएको हो’ ।

उनले एमालेले सदैव जनतालाई केन्द्रबिन्दूमा राखेर काम गर्दै आएको दाबी गरे । ‘यो राष्ट्रको विकास र समृद्धिका लागि हाम्रो पार्टीले हरदम जनताको पक्षमा काम गर्दै आइरहेका छौं । इतिहासका हरेक मोडहरुमा जतिबेला नेपाली राजनीतिलाई निरंकुशतामा जगेट्ने काम भएको थियो । त्यसविरुद्धको नेतृत्व गर्ने समयदेखि विकास र समृद्धिको यात्राको नेतृत्व गर्ने कुरामा एमाले सदैव अगाडि छ । नेपालको स्वाधिनता, राष्ट्रिय हित र अखण्डताको रक्षा गर्ने सवालमा होस् वा समृद्ध नेपाल सुखी नेपालीको यात्रामा होस् वा सामाजिक सुरक्षासहितको योजनामा होस् हाम्रो पार्टीले सदैव अग्रभागमा रहेर काम गर्दै आइरहेको छ’ उनले भने ।

पोख्रेलले महाकाली सन्धिको बचाउ गरेका छन् । महाकाली सन्धि गरेकै कारण एमाले विभाजन भएको स्मरण गर्दै उनले उक्त सन्धि राष्ट्रवादी भएको दाबी गरे । ‘अहिले हाम्रो पार्टीलाई समाप्त गर्नका लागि अनेक प्रकारका प्रपञ्चहरु गरिरहेका छन् । कहिले महाकाली सन्धीका नाममा पार्टीलाई विभाजन गर्ने दुस्प्रयास गरियो । तर, म भन्न चाहान्छु महाकाली सन्धि नेपालको राष्ट्रिय हितको विपक्षमा हुन्थ्यो भने उहिल्यै खारेज भइसक्थ्यो । नेपालको सबैभन्दा राष्ट्रवादी सन्धिको रुपमा रहेका महाकाली सन्धिलाई कार्यान्वयन गर्ने क्रममा हाम्रो पार्टीलाई वदनाम गर्ने कोशि मात्र भएन हाम्रो पार्टीलाई विभाजन गर्ने प्रयास गरियो । तर यही कार्यकर्ता पक्ति हो जसले पार्टीको रक्षाका लागि चट्टान बनेर खडा भयो । विभाजन गरिएको पार्टीलाई फेरि एकतावद्ध बनाईयो’ उनले भने ।

महासचिव पोखरेलले नेपालमा कम्युनिष्टहरुको सरकार आएमा वृद्धवृद्धालाई मार्छन भनेर भ्रम छरिएको स्मरण गर्दै तत्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने सरकारको पालामा वृद्धवृद्धालाई सामाजिक सुरक्षा भक्ता दिएर त्यो भ्रम चिरिएको स्मरण गरे । ‘मनमोहन अधिकारीको सरकारको पालामा सामाजिक सुरक्षा भक्ता वितरण गरेर नेपालमा सामाजिक सुरक्षाको एउटा मोडेल स्थापित गर्यो । हाम्रै अध्यक्ष प्रधानमन्त्री भएको बेला सामाजिक सुरक्षा योजनको अवधारणा अघि सार्यो’ उनले भने ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले मुलुकलाई संकट परेको बेला संकटबाट मुक्त गर्ने पार्टी एमाले नै भएको जिकिर गरे । ‘मुलुकमा नाकाबन्दी भएको बेला स्वभाविक रुपमा नाकाबन्दीको डटेर सामना गर्ने र भविष्यमा कहिल्यै नाकाबन्दी लाग्न नसक्ने परिस्थितिको निर्माण गरेको थियो । त्यो नेतृत्व कसले गर्यो भन्दा हाम्रै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । हामीले नै नाकाबन्दीको डटेर सामाना गर्यो । सुगौली सन्धि भएको बेलाको मिचिएको भूमि हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्ती भएको बेला नेपालको नयाँ नक्सा प्रकाशित गर्ने काम गर्यो । नेपालको सार्वभौम सत्ताका लागि पहरेदार बनेर खडा भयौं’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्