काठमाडौं । परराष्ट्र सचिव सेवा लम्सालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । उनको स्थानमा सहसचिव अमृत राईलाई कायममुकायम सचिव बनाईएको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले परराष्ट्र सचिव लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तानेर राईलाई कायममुकायम परराष्ट्र सचिव बनाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई थप प्रभावकारी बनाउन राईलाई परराष्ट्रको कायममुकाय सचिव बनाइएको हो। बेल्जियमका लागि नेपाली राजदूत हुन तयारी अवस्थामा रहेकी लम्साललाई राजदूतमा नियुक्ति नै नगरी प्रधानमन्त्री कार्यालयमा तानिएको हो।