काठमाडौं, ८ मंसिर । काठमाडौंको दरबारमार्गस्थित टी जंग व्यूटी इन्स्टिच्युटले वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएर ठगी गरेको पीडितहरुले बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले टी जंग इन्स्टिच्युटका सीईओ सुनिलजंग मल्ल ठकुरीसहित सरस्वती मल्ल ठकुरी, दिव्या ठकुरी, निरज जिरेल, प्रशनदास श्रेष्ठलगायतले ३०/३५ जनालाई ठगी गरेको आरोप लगाएका हुन् । टी जंग इन्स्टिच्युटले ३०/३५ जनाबाट कम्तीमा पनि डेढ करोड ठगी गरेको उनीहरुको आरोप छ ।
आफूहरुलाई दुवईमा दुई लाखभन्दा बढी स्यालरी रहेको कम्पनीमा पठाइदिने भनेर प्रतिव्यक्ति ६ लाखभन्दा बढी ठगी गरेको पीडितहरुको भनाइ छ । ठगीको सन्दर्भमा आफूहरु अदालत गएपनि आफूहरुले न्याय नपाएको पीडितको भनाइ छ । ठगीमा संलग्न केही मान्छेहरु अहिले दुवईमा बसेर ठगीमा संलग्न भइरहेको पीडितको भनाइ छ ।