काठमाडौं । पूर्व राज्यमन्त्री पदम राईको निधन भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गर्न लागेको गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित भएको छ ।
आज दिउँसो १२ बजे जमलमा जनयुद्धमा सक्रियतापूर्वक काम गरेका १५ जनालाई गणतन्त्र सेनानी सम्मान कार्यक्रम आयोजना गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यता रहने कार्यक्रम पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राईको निधनपछि स्थगीत भएको हो ।
राईको निधनप्रति दुःख व्यक्त गर्दै सम्मान कार्यक्रम अर्को अर्को सूचना नआएसम्म स्थगित गरिएको माओवादीले जनाएको छ । दिउँसो १२ बजे गणतन्त्र स्थापनाका लागि भूमिका खेलेका योद्धाहरूमध्ये १५ जनालाई पूर्वप्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्डले सम्मान गर्ने कार्यक्रम राखिएको थियो ।