Logo

कांग्रेस र एमालेको फरक-फरक धारणा लिएर प्रधानमन्त्री ओली चीन जान हुँदैनः श्याम घिमिरे (भिडिओसहित)



काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सत्तारुढ दलको धारण समान हुने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेको फरक–फरक धारणा लिएर प्रधानमन्त्री ओली विदेश नजाने र जान पनि नहुने बताएका हुन् ।

‘वर्तमान सरकारको एउटै धारणा हुन्छ । कांग्रेसको धारणा फरक, एमालेको धारणा फरक भएर प्रधानमन्त्री विदेश जानुहुन्न । प्रधानमन्त्रीको धारणा एउटा, परराष्ट्रमन्त्रीको धारणा अर्को बोकेर प्रधानमन्त्री विदेश जाने कुरा आउँदैन,’– उनले भने ।

साथै, चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा नलिनेबारे कांग्रेस–एमालेबीच साझा धारणा बन्ने पनि उनले बताए । नेता घिमिरेले बीआरआई ऋणमा लिन नसकिने भनेर कांग्रेस प्रष्ट रुपमा भनिसकेको र प्रधानमन्त्री ओलीले पनि सार्वजनिक रुपमा नै कांग्रेसको एजेण्डालाई स्वीकार गरिसकेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्