काठमाडौं, ९ मंसिर । साइबर क्राइम आरोपमा थुनामा रहेका दुर्गा प्रसाईँले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ सकिएको छ । आज (आइतबार) सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्माको इजलासमा सुनुवाइका लागि उक्त रिटको पेशी तोकिएको थियो ।
प्रसाइँको हकमा उनका छोरा निराजन प्रसाईंले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । प्रसाईँलाई गैरकानुनी रुपमा थुनामा राखिएको रिट निवेदकको दाबी छ ।