काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालत लगिएको छ । बुधबार थपिएको ५ दिनको म्याद आज सकिएकाले उनलाई जिल्ला अदालत काठमाडौंमा लगिएको हो ।
साइबर अपराधसम्बन्धी कसूरमा उनलाई प्रहरीले गत मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।
प्रसाईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ । प्रसाईविरुद्द यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । उनी १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । उक्त मुद्दा हालपनि विचाराधीन छ ।