Logo

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

यादव पुनर्स्थापित प्रतिनिधि सभाको उपसभामुख, कांग्रेस पूर्वकोषाध्यक्ष, पूर्वशिक्षा मन्त्री, केन्द्रीय सदस्य पनि हुन्। 



प्रतिक्रिया दिनुहोस्