Logo

कांग्रेसको कोष सञ्चालनमा कुनै समस्या आउन दिन्नँः उमेश श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका नवनियुक्त कोषाध्यक्ष उमेश श्रेष्ठले अब सबै समय पार्टीलाई दिने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी अफिस सञ्चालन, व्यवस्थापन, स्रोत परिचालनमा आफूले समय दिने बताएका हुन् । अब कांग्रेसको कोष सञ्चालनमा केही पनि समस्या नआउने उनको भनाइ छ ।

‘जिम्मेवार पदमा भइसकेपछि पार्टीको अफिस सञ्चालन, व्यवस्थापन, स्रोत परिचालन सबैका लागि धेरै समय पार्टीलाई दिन्छु । कांग्रेसको कोष सञ्चालनमा कुनै पनि समस्या आउँदैन । मेरो तन, मन, धन र वचनले कांग्रेसमा कुनै समस्या आउन म दिन्न,’– उनले भने ।

साथै, वर्तमान सरकार प्लान बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । देशको समृद्धिको मुख्य आधार नै उर्जा क्षेत्र रहेको बताउँदै उनले सरकारले यसमा विशेष ध्यान दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्