काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले सर्वोच्चसहित अन्य अदालतमा न्यायाधीशको पदपूर्ती गर्न नसकेको भन्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतमाथि प्रश्न उठाएका छन् ।
सोमबार सामाजिक सञ्जालमा नेता रिजालले केही दिन अघि राजधानीको एक कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह रावतले देश बनाउन सबैले आ-आफ्नो क्षेत्रको जिम्मा लिनुपर्ने धारणा राख्दै ‘न्यायालयको जिम्मा म लिन्छु ’ भनेको तर, सर्वोच्च अदालतमा ४ जना, उच्च अदालतमा २० जना र जिल्ला अदालतमा सो भन्दा बढी संख्यामा न्यायाधीशको पद रिक्त रहेको तर, राउतले न्याय परिष्दको बैठकसमेत बोलाउन नसकेको भन्दै प्रश्न उठाएका हुन् ।
‘न्यायाधीश नियुक्त गर्ने न्याय परिषद्को अध्यक्ष प्रधानन्यायाधीश स्वयम् हुनुहुन्छ । यो ‘जिम्मा लिने’ भनेको के रहेछ र कुनकुन कामको मात्र जिम्मा लिन मिल्दोरहेछ ? जबकि संविधानमै सर्वोच्च अदालतमा रिक्त हुनुभन्दा एक महिनाअघि नै न्यायाधीश नियुक्तका लागि सिफारिस गर्नुपर्ने प्रावधान छ’ उनले भनेका छन् ।