काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर भारतीय मिडियामा दिएको अन्तरवार्ता सच्याएका छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे परामर्श गर्न डाकेको पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुको छलफलमा पूर्व प्रधानमन्त्रीको हैसियतमा सहभागी भएका प्रचण्डले भारतीय मिडिया ‘द हिन्दू’लाई दिएको अभिव्यक्ति सच्याएका हुन् ।
आफूले विगतमा पहिला चीन भ्रमण गरेर परम्परा तोडेको बताउँदै आफूले चीन कार्ड खेल्न खोजेको भन्ने आशयले नभई मुलुककै राजनीतिक उतारचढावका विषयमा कार्ड खेल्न नहुने भनी अभिव्यक्ति दिएको बताएका थिए । उनले भने, ‘तपाईंहरू सबैले बुझ्नुभएकै छ । परम्परादेखि चल्दै आएको पहिलो विदेश भ्रमण भारतबाट गर्ने चलन तोडेर मैले चीन भ्रमण गरेको हुँ ।’
गत साता प्रचण्डले ओलीले सत्ता टिकाउन चाइनाकार्ड खेलेको अभिव्यक्ति दिएका थिए । प्रचण्डको उक्त विवादास्पद अभिव्यक्तिलाई लिएर आलोचना भएको थियो । एमालेले त विज्ञप्ति नै निलालेर प्रचण्डको अभिव्यक्तिको विरोध जनाएको थियो । सोहीबारे प्रचण्डले आज प्रष्टीकरण दिएका हुन् ।