Logo

हनिट्रयापमा पारी रकम असुल गरेको कसुरमा निलम्बित इन्स्पेक्टर विनुसहित ६ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं, १० मंसिर । व्यवसायीलाई हनिट्रयापमा पारी आर्थिक लाभ लिएको कसुरमा निलम्बित प्रहरी इन्स्पेक्टर विनुकुमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज ललितपुर जिल्ला अदालतमा निलम्बित प्रहरी इन्स्पेक्टर शाहीसहित प्रहरी सहायक हवलदार महेन्द्र हमाल, दर्शन पोखरेल, भीमादेवी थापा, तजम्मुल इस्लाम र सुस्मा विश्वकर्माविरुद्ध मुद्दा दायर गरेको हो ।

ललितपुरको भैंसेपाटी प्रभागमा कार्यरत इन्स्पेक्टर शाहीसहितको गिरोहले बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलेको खुल्न आएको थियो । यस विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश पेश गरेको थियो । निलम्बित इन्स्पेक्टर शाही अहिले फरार छिन् ।

साथै, उक्त घटनामा तानिएका प्रहरी उपरीक्षक कमल थापालाई भने प्रतिवादी बनाइएको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी उपरीक्षक थापालाई प्रतिवादी नबनाइएपनि बयान भने लिइएको छ । बयानको क्रममा उनले आरोप अस्वीकार गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्