काठमाडौं, १३ मंसिर । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले सभापति लामिछानेलाई काठमाडौं ल्याउन लागिएको जानकारी गराउँदै सबैलाई आफ्नो सवारी साधन लिएर एयरपोर्टमा उपस्थित हुन आग्रह गरेका छन् ।
‘रास्वपा सभापति रवि लामिछानेलाई अहिले ५ः३० बजेको उडानबाट काठमाडौं ल्याइँदै छ। म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदैछु। मिलेसम्म आफ्नो सवारी साधन लिएर तपाईं पनि आउनुहोला,’– सामाजिक सञ्जालमार्फत उनले जानकारी गराएका छन् ।