Logo

बीआरआईको अनुदान पनि नेपालको नेश्नल इन्ट्रेस्टमा मात्रै लिन सकिन्छः कांग्रेस नेता गौतम



काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) लोनमा लिन नसकिने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बीआरआईअन्तर्गका कुनै पनि परियोजना नेपालको नेश्नल इन्ट्रेस्टमा ग्रान्टमा पाएमात्रै लिन सकिने बताएका हुन् । उनले चीनमात्रै नभएर अहिले कुनै पनि देशबाट ऋण लिन नसकिने बताए ।

‘हाम्रो नेश्नल इन्ट्रेस्टमा ग्रान्ट पाउँछौं भने त लिने हामीले भनेकै छौं । ऋण त नलिने, अनुदान पनि हाम्रो राष्ट्रिय स्वार्थमा हुनुपर्छ भनेको हो । लोन लिनसक्ने पोजिसनमा हामी छैनौं, हाम्रो पोखराको विमानस्थल हेर्नुस्, भैरहवाको विमानस्थल हेर्नुुस्, अरु आयोजनाहरु त्यस्तै छ । अनुदानमा पनि हाम्रो कन्डिन छ । सित्तैमा पाएको घिउ भनेर खान हुँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्