Logo

बीआरआईमा ऋणको च्याप्टर क्लोज भएको छैनः योगेश भट्टराई (भिडिओसहित)



काठमाडौं, १७ मंसिर । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) मा ऋणको च्याप्टर क्लोज नभएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ऋणको च्याप्टर क्लोज नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको भ्रमणमा अनुदानमा जोड दिइने बताएका हुन् ।

‘अहिले हामी विदेशी मित्र राष्ट्रहरुसँग के भनिराखेका छौं भने तत्काल ऋण लिन सक्दैनौं । अहिले हामी तपाईँहरुसँग अनुदानको कुरा गर्छौं । यस पटक चीनको भ्रमणमा पनि हाम्रो एजेण्डा अनुदानमा हुन्छ । यसको मतलब हामीले ऋणको च्याप्टर क्लोज गरेका छैनौं,’– उनले भने ।

साथै, उनले बीआरआईको सन्दर्भमा अनावश्यक रुपमा चर्चा चलाइएको बताए । श्रीलङ्काको अर्थतन्त्र बीआरआईको कारणले टाट पल्टिएको भन्नु गलत रहेको उनले बताए । श्रीलङ्कामा चीनको १० प्रतिशत ऋण रहेको र ९० प्रतिशत अन्य देशको रहेको उनले बताए ।

बीआरआईको सन्दर्भमा नेपालले आफ्नो राष्ट्रहितबाट तलमाथि नगरी छलफल गर्ने उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्