Logo

जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङमा उत्रियो कर्णाली याक्स, पहिलो ओभरमै गुम्यो विकेट



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेको छ । टस जितेको कर्णालीले सुरुवाती ब्याटिङ गर्ने निर्णय लिँदै जनकपुरलाई फिल्डिङको निम्तो दिएको छ ।

एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको जनकपुर कर्णालीविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् ।

यता, कर्णालीले पनि राम्रो प्रदर्शन गर्ने आशा लिइएको छ । कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अलराउन्डर सोमपाल कामी मार्की खेलाडीका रूपमा रहेका छन् । उनी नेपालको तर्फबाट दुईपटक विश्वकप खेल्ने खेलाडी पनि हुन् । आज एनपीएलमा चर्चित शिखर धवन पनि कर्णालीको तर्फबाट मैदानमा उत्रँदै छन् ।



प्रतिक्रिया दिनुहोस्