Logo

कीर्तिपुर अपडेट: एमालेलाई विरासत फर्काउन सकस, मतान्तर फराकिलो बनाउँदै अघि लागे कांग्रेसका डंगोल



काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३७ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ । काठमाडौंको कीर्तिपुर नगरपालिको मेयरको मत गणना जारी छ ।

कीर्तिपुरको जारी मत गणना अनुसार नेपाली कांग्रेसले अग्रता फराकिलो बनाउँदै लगेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार कांग्रेसका कृष्णमान डंगोल शीर्ष स्थानमा छन् ।

पाँच वटा वडाको मतगणना सकिँदा कांग्रेसका डंगोलले मतान्तर बढाएका हुन्। उनले अहिलेसम्म २९३० मत पाएका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार सुरेन्द्र मानन्धरले २३५८ मत पाएका छन्। उनीहरूबीच ५७२ को मतान्तर छ।

नेकपा (माओवादी केन्द्र) भने तेस्रो स्थानमा छ। माओवादी उम्मेदवार शिवशरण महर्जनले २१०१ मत प्राप्त गरेका छन्।

उनले एमालेका उम्मेदवार मानन्धरसँग मतान्तर घटाउँदै लगेका छन्। उनीहरूबीच २५७ मतान्तर छ। यसअघि उनीहरूबीच करिब ४ सयको मतान्तर थियो।

चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन छन्। उनले १११३ मत पाएका छन्। स्वतन्त्र उम्मेदवारहरू दिनेशकुमार अधिकारीले ९१७ ल्याउँदा कविकुमार महर्जनले ७०८ मत ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्