काठमाडौं । रिक्त रहेको कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा रेवतीरमण भण्डारी नियुक्त हुने भएका छन् ।
उनलाई आजै मन्त्रीमा नियुक्त गर्न लागिएको हो । तत्कालीन मन्त्री लिलावल्लभ अधिकारी मानव तस्करीको आरोपमा मुछिएपछि राजीनामा दिएका थिए । त्यसपछि सो पद खाली थियो । भण्डारी कोशी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक हुन् ।
भण्डारी सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ को १ बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।