काठमाडौं । उपप्रधान र सहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वप्रसिंद्ध पञ्चबर्षीय गढीमाई मन्दीरमा पुजा एवं दर्शन गरेका छन् ।
कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले महागढीमाई नगरपालिका १ को वरियारपुरस्थित शक्ति पिठका रुपमा रहेकी गढीमाई मन्दीरमा आज दर्शन एवं पुजा गरेको मेला मूल व्यवस्थान समितिले जनाएको छ ।
सिंहलाई मन्दीरमा महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं मेला मूल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्रप्रसाद यादवले स्वागत गर्दै माताप्रतिको भक्तिभाव एवं गढीमाईको बारेमा जानकारी गराएका थिए ।