Logo

कांग्रेस-एमालेलाई जनताले उपनिर्वाचनमार्फत जवाफ दिएः माओवादी उपमहासचिव पुन



काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले उपनिर्वाचनमार्फत जनताले कांग्रेस–एमालेलाई जवाफ दिएको टिप्पणी गरेका छन् । आज (मंगलबार) गंगादेव गाउँपालिका रोल्पाको अधिवेशनलाई सम्बोधन गर्दै उनले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रलाई जनताले अनुमोदन गरिदिएको बताए ।

कांग्रेस–एमालेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै अफवाह फैलाएको बताउँदै उनले जनताको जनमतले उक्त आरोप खारेज गरिदिएको बताए ।

‘कहिले एमालेले र कहिले कांग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौं । उपचुनावको परिणामबाट जनताले त्यसको जवाफ दिएका छन् । हामीले आफ्नो जनमत देखाएका छौं,’– उनले भने ।

माओवादी एक्लै निर्वाचनमा जाँदा जनताले विश्वास गरेको बताउँदै उनले आगामी दिनमा स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा समेत कसैसँगग गठबन्धन र तालमेल नगर्ने गरी अगाडि बढ्ने बताए ।



प्रतिक्रिया दिनुहोस्