Logo

टस जितेको काठमाडौंले बलिङ रोज्यो, सुरूमा ब्याटिङ गर्दै सुदूरपश्चिम



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा काठमाडौं गुर्खाजले सुरुमा बलिङ गर्ने भएको छ । त्रिवि मैदानमा टस जितेको काठमाडौंका कप्तान करण केसीले सुदूरलाई ब्याटिङको निम्तो दिँदै बलिङ गर्ने निर्णय लिएका हुन् ।

काठमान्डु र सुदूरपश्चिम दुवै लगातार जितको लक्ष्यमा छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको थियो । उता पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको काठमान्डुले त्यसपछि दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।

काठमान्डु गुर्खाज प्लेइङ ११ : माइकल लेभिट, स्टेफेन इस्किनाजी, सुमित महर्जन, जेरार्ड एरासमस, भिम शार्की, शंकर राना, नाथन सोटर, करण केसी, रासिद खान, शाहब आलम, प्रतिक श्रेष्ठ

सुदूरपश्चिम रोएल्स प्लेइङ ११ : इशान पाण्डे, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहन मुस्तफा, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद, नरेश बुढाएर



प्रतिक्रिया दिनुहोस्