Logo

बधाईको ओइरो लागेपछि पलले भने: मेरो बिहेको खबरले म आफैं चकित छु



काठमाडौं । नायक पल शाह बिवाह बन्धनमा बाधिँदै गरेको भन्दै समचार सार्वजनिक भएपछि सोसल मिडिया यतिबेला गरमाइरहेको छ ।

बिहीबार साँझ प्रशारित रजतपट नामक कार्यक्रममा रंग पत्रकार प्रकाश सुवेदीले पलले आगामी माघमा बिहे गर्न लागेको सनसनीपूर्ण खुलासा गरेका थिए । सुवेदीले कार्यक्रममै पलले सत्तारुढ दल नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृसँग लगनगाँठो कस्न लागेको सूचना पाएको जानकारी गराएका थिए ।

रजतपटमा सो रिपोर्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पललाई बधाईको ओइरो लागेको छ । बधाइको ओइरो लागेपछि पल भने प्रष्टीकरण दिनुपर्ने अवस्थामा पुगेका छन् ।

आजमात्र उनले आफ्नो बिहेबारे सार्वजनिक भएका समाचारप्रति अनविज्ञता प्रकट गरेका छन् । उनले आफूनै स्वयं चकित भएको बताएका छन् । पल फेसबुकमा लेख्छन्, ‘मेरो बिहेको खबरले म आफैं चकित छु । साथीभाइहरुले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु तर यहाँहरुलाई स्पष्ट होस् यो खबरमा कुनै सत्यता छैन ।’



प्रतिक्रिया दिनुहोस्