Logo

कांग्रेसको बालबालिका तथा किशोर-किशोरी समन्वय विभागमा १० जना सदस्य मनोनीत



काठमाडौँ । नेपाली कांग्रेसले बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले विधान बमोजिम केन्द्रीय सदस्य डा जीवन राना प्रमुख रहेको विभागमा १० जनालाई सदस्य मनोनीत गरेका हुन् ।

मनोनित हुनेहरुमा लक्ष्मी ठाकुर, योगमाया गिरी, निर्मल घिसिङ, चन्द्र गुरुङ, खलिल खाँ, रूपा विक, सुशिला बम, यादवकृष्ण चौधरी, हरि अधिकारी र भागिरथि विष्ट रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्