काठमाडौं । मन्त्रिपरिषद्को बैठक आह्वान भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजेका लागि बैठक डाकेका हुन् ।
चीन भ्रमणबाट फर्केर आएपछि ओलीले पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। मंसिर १७ देखि २० गतेसम्म भएको चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको थियो ।
आजको बैठकमा केही नियुक्ति र बढुवा पनि हुन सक्ने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।