काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने प्रहरी हिरासतमा रहेको ५५ दिन पुगेको छ । यसअघि उनलाई विभिन्न ५ जिल्लामा घुमाएर बयान लिईएको थियो ।