Logo

मुलुकलाई निकास दिन कांग्रेस–एमाले मिलेर सरकार बनाएका हौं, दुवै प्रतिस्पर्धी पार्टी हुन्ः तरुण अध्यक्ष गुरुङ



काठमाडौं, ३० मंसिर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मुलुकलाई निकास दिन दुई प्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएको बताएका छन् । शनिबार नेपाल तरुण दल भोजपुरले आयोजना गरेको कोशी प्रदेशअन्तर्गत तरुण दलका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै गुरुङले मुलुकलाई निकास दिन र आर्थिक अवस्थाबाट माथि उठाउन कांग्रेस–एमाले मिलेर सरकार बनाएको बताए । उनले कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल हुँदाहुँदै पनि राष्ट्रहितका लागि मिलेको दाबी गरे ।

‘कतिपय साथीहरूलाई लाग्न सक्छ । कांग्रेस र एमाले मिलेकै हो त ? होइन । यो मुलुकको कांग्रेसको प्रतिस्पर्धा पार्टी एमाले हो । एमालेको कांग्रेस नै हो ।’ उनले भने, ‘आज मुलुकको परिस्थिति बेग्लै छ । आज यो मुलुकमा केही विदेशी शक्तिहरू, नेपालका केही प्रतिगामी शक्तिहरू, हामीले ल्याएको व्यवस्थाप्रति, नेपाली जनताको खुसीप्रति, नेपाली जनताको शिर फुटाउनेहरूलाई यो व्यवस्था मन परेको छैन ।’



प्रतिक्रिया दिनुहोस्