Logo

राजनीतिक स्थायित्व र अर्थतन्त्रको सुधारलगायतका कुरामा प्रधानमन्त्री ओली सफल हुनुहुन्छः एमाले नेता भट्टराई (भिडिओसहित)



काठमाडौं, ३० मंसिर । नेकपा (एमाले) का नेता खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा सफल भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिक स्थायित्व र सुनिश्चितता, अर्थतन्त्रमा सुधार, विकास निर्माणका काममा तीब्रतालगायतका विषयमा प्रधानमन्त्री ओली सफल रहेको बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध पनि उँचो बनाएको नेता भट्टराईको दाबी छ ।

‘राजनीतिक स्थायित्व दिन सकेको छ, त्यसको सुनिश्चितता गरेको छ । अर्थतन्त्रमा सुधार ल्याएका छौं हामीले । देशको विकास निर्माणका कामहरुलाई गति दिएका छौं । अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको शीर उँचो राख्ने गरी उहाँले व्यवहार गरिरहनु भएको छ । त्यसमा पनि उहाँ सफल हुनु भएको छ,’– नेता भट्टराईले भने ।

देशको राजनीति, संघीयता, व्यवस्था सबै काम नलाग्ने र फेरि देश पश्चगमनतर्फ जाने हो कि भन्ने अवस्थामा ओलीले नेतृत्व लिएर ठीकठाक काम गरिरहेको उनले बताए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई साथमा लिन भ्रम सिर्जना गरिरहेको उनले बताए । ‘प्रचण्डजी कुल हुनुहुन्न । उहाँ उत्तेजित हुनुहुन्छ, पूर्वाग्रही हुनुहुन्छ । हतास मानसिकतामा अभिव्यक्ति दिइरहनु भएको छ । प्रचण्डजीले आज रविजीकै बारेमा जसरी बोल्दै हुनुहुन्छ, प्रधानमन्त्रीजीले त्यसैलाई इङ्कित गर्दै हुनुहुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्