काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षका प्रत्यासी रमेश विष्टले मत परिणाम फरक पार्न मत गणना स्थलमा ताला लगाईएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार भएको महासंघको निर्वाचनमा एमाले निकट प्रेस चौतारीको उम्मेदवार निर्मला शर्माले जित्ने निश्चित भएको छ । यद्यपी घोषणा हुन् बाँकी छ । मत परिणाम सार्वजनि हुँदै गणना स्थलमा ताला लगाईएको र कोषाध्यक्ष पदको परिणाल उल्ट्याउन सत्ताको दुरुपयोग गरिएको विष्टले आरोप लगाएका छन् ।निर्वाचन समितिको
‘निष्पक्षतामा गम्भिर प्रश्न उठेको छ । महासंघको पूर्व अध्यक्ष शिव गाँउले र महेन्द्र विष्टसमेतको संलग्नतामा मत गणना स्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउँनु आपत्तिजनक छ । अछामको पुनः मत गणना गर्न माग गर्दछु । कोषाध्यक्ष पदको परिणाममा गर्न खोजिएको धाँधली र प्रहरी प्रशासनको दुरुपयोगको आपत्तिजनका छ’ उनले लेखेका छन् ।