काठमाडौं, ३० मंसिर । आफैंलाई आगो लगाई आत्मदाहको प्रयास गरेकी कमला आचार्यको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– किरातचोकस्थित बस्दै आएकी उनले हिजो (शुक्रबार) आफैंलाई आगो लगाई आत्मदाहको प्रयास गरेकी थिईन् । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
साथै, उनको सुसाइड नोटसमेत भेटिएको बताइएको छ । सुसाईड नोटमा आफ्नै कारणले घटना भएको उल्लेख गरेकी छन् । उनले सुसाइड नोटमा श्रीमानसँग माफीसमेत मागेकी छन् । आफ्नो अवस्थाबारे श्रीमानलाई जानकारी गराइदिन आनुरोध गर्दै उनले सो सुसाइड नोटमा श्रीमानको नम्बरसमेत लेखिदिएको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।