Logo

जनताले एमालेलाई कम्युनिष्ट भनेर चिन्न छाडे भन्ने आलोचना हुनथाल्योः आनन्द पोखरेल



काठमाडौं, १ पुस । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले पार्टीका नेता तथा कार्यकर्ताले सिद्धान्त, नीति, कार्यशैली र जीवनशैली बिर्सिएको भनी आलोचना हुन थालेको बताएका छन् । पार्टीले कम्युनिष्ट अनुशासन, नैतिकता र आचरण बिर्सिएको र जनताले एमालेलाई कम्युनिष्ट भनेर चिन्नै छाडेको भनी आलोचना र टिप्पणी सुरु भएको उनले बताएका छन् ।

उनले एमाले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादी सिद्धान्तलाई आत्मसात गर्दै श्रमजीबी जनताको राज्यसत्ता कायम गर्ने विचार बोकेको पार्टी रहेको पनि उनले बताएका छन् । नेता पोखरेलले कार्यकर्ता वैचारिक रूपमा दृढ, व्यवहारमा अनुशासित र जनताको समस्यामा प्रत्यक्ष संलग्न रहनुपर्ने बताएका छन् । उनले एमालेका नेता तथा कार्यकर्ताले अपनाउनुपर्ने सिद्धान्त र मान्यतालाई बुँदागत रुपमा समेत प्रस्तुत गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

नेकपा (एमाले) का कस्ता नेता तथा कार्यकर्ताले बर्तमान चुनौतिलाई सम्बोधन गर्न सक्छ !
नेपाल कम्युनिस्ट पार्टी एमालेका कार्यकर्ता भनेको के हो कस्ता हुनु पर्छ भनेर बहस चलेको धेरै भयो । आज पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको सिद्धान्त नीति कार्यशैली र जीबन शैली बिर्सिय । कमियुनिष्ट अनुशासन नैतिकता र आचरण बिर्सिए जनताले एमाले लाई कम्युनिष्ट भनेर चिन्न छाडे भनेर आलोचना र टिप्पणि सुनिन्छ । संगठनमा देखिएका तमाम समस्यको बारेमा केन्द्रिय संगठन बिभागले दुईदिने कार्यशाला सम्पन्न गरि छ बुदे संकल्प प्रस्ताब पनि पास गरेको छ । त्यसैको जगमा कार्यकर्ता भनेको केहो भनेर बहस चलाऊने प्रयत्न गरेको छु । सकारात्मक रुपमा टिप्पणि र समालोचना गरिदिनु होला ।
नेकपा एमाले मार्कशबाद , लेनिनबाद र जनताको बहुदलिय जनबादी सिद्धान्तलाई आत्मासाथ गर्दै श्रमजीबि जनताको राज्यसत्ता कायम गर्ने बिचार बोकेको पार्टी हो । पार्टीको राजनीतिक कार्यदिशा प्रतिस्पर्धामा श्रेष्टता हासिल गरि रष्ट्रिय पुंजीको निर्माण गरि समाजवादको आधार निर्माण गर्न कृत संकल्पित छ कार्यकर्ता सिद्धान्त , विचारधारा र जनताको हितका लागि समर्पित व्यक्ति हो। यस्तो कार्यकर्ता वैचारिक रूपमा दृढ, व्यवहारमा अनुशासित र जनताको समस्यामा प्रत्यक्ष संलग्न रहनुपर्छ।त्यसैले एमालेका नेता तथा कार्यकर्ताले अपनाऊनु पर्ने सिद्धान्त र मान्यता बुद्ंधागतरुपमा प्रस्तुत गरेको छु ।
१. वैचारिक रूपमा स्पष्ट र दृढ
• मार्क्सवादी-लेनिनवाद जबदको विचारधारामा आधारित: एक कम्युनिस्ट कार्यकर्ता समाजवादी सिद्धान्तमा दृढ र स्पष्ट हुनुपर्छ।
• वर्ग संघर्ष र श्रमिक वर्गको नेतृत्वलाई महत्त्व दिने।
• विचार र व्यवहारको एकरूपता कायम राख्ने।
२. अनुशासित र इमानदार
• पार्टी र संगठनको सिद्धानत नीति नेतृत्व नियम र निर्णय र निरिदेशनवाई पालना गर्ने।
• इमानदार, निष्ठावान, र स्वार्थरहित भावनाले काम गर्ने।
• व्यक्तिगत स्वार्थभन्दा जनताको सामूहिक हितलाई प्राथमिकता दिने।
३. जनतासँग घुलमिल हुने
• कार्यकर्ता “जनताको सेवक” हो भन्ने भाव राख्नुपर्छ।
• घर-घर पुग्ने, जनताका समस्या बुझ्ने र समाधान खोज्ने।
• जनताले सामना गरिरहेका दुःख-पीडामा साथ दिने र तिनको समाधानका लागि संघर्ष गर्ने।
जनतालाई माटो मानेर आफु बिऊ भई जनताको तहमा जरा गाजनु पर्छ । @
४. संघर्षशील र बलिदानी भावना
• अन्याय, शोषण र विभेदविरुद्ध लड्ने दृढता राख्ने।
• व्यक्तिगत बलिदान गर्न पनि पछि नहट्ने।
• चुनौती र कठिनाइका बाबजुद आफ्नो मार्गमा दृढ रहने।
५. सचेत र शिक्षित
• निरन्तर अध्ययन र आत्मसुधार गर्ने।
• समसामयिक राजनीतिक, आर्थिक, र सामाजिक घटनाक्रमबारे सचेत रहने।
• प्रविधि र विज्ञानको उपयोग गर्दै समयअनुकूल रणनीति बनाउने।
६. साधारण जीवनशैली
• विलासिताबाट टाढा रहँदै, साधारण र मितव्ययी जीवन बिताउने।
• जनताले आफूलाई नजिकको साथीको रूपमा अनुभूति गर्ने गरी व्यवहार गर्ने।
स्वच्छ आचरण नैतिकवान र रा यजनीतिक जीबनको निरन्तरता प्रमुख बिषय हो भन्ने कुरा हेक्का राख्नु पर्छ
७. संगठनात्मक क्षमतायुक्त
• पार्टीको नीति, योजना र कार्यक्रमलाई जनतामा लैजाने।
• जनताबीच एकता र संगठन निर्माणमा सक्रिय रहने।
• सामूहिक नेतृत्व र निर्णयको परिपालना गर्ने।
८. विरोधी विचारसँग बहस र प्रतिवाद गर्ने क्षमता
• असत्य र गलत विचारको खण्डन गर्दै सही विचार र दृष्टिकोण अघि सार्ने।
• तथ्य र तर्कसहित जनतामा वैचारिक स्पष्टता ल्याउने।
९. विकास र परिवर्तनमा अग्रसर
• कम्युनिस्ट कार्यकर्ता समाजको समग्र परिवर्तन र विकासको अभियन्ता हो।
• शोषणमुक्त, समानतामा आधारित र न्यायपूर्ण समाजको निर्माणमा अग्रसर रहने।
• विकासको योजना कार्यान्वयनमा सक्रिय भइने।
१०. आत्मालोचना र सुधारको भावना
• आफैँको कमजोरी स्वीकार गर्ने र आत्मसुधारमा लाग्ने।
• आलोचना र आत्मालोचना प्रक्रियालाई व्यवहारमा उतार्ने।
• आफ्ना गलत क्रियाकलाप सच्याउँदै जनताको विश्वास जित्ने।
निष्कर्ष
अन्तमा कम्युनिस्ट कार्यकर्ता भनेको विचारधारात्मक रूपमा दृढ, व्यवहारमा अनुशासित, समाजप्रति जिम्मेवार र जनताको सेवा गर्न प्रतिबद्ध व्यक्ति हो। यस्तो कार्यकर्ता जनताको आत्मीय मित्र, सहयोगी र परिवर्तनको अभियन्ता हो। क्रमस .



प्रतिक्रिया दिनुहोस्