Logo

कांग्रेस-एमाले गठबन्धन सरकारलाई कसैले ढाल्न सक्दैनः राजेन्द्र महतो (भिडिओसहित)



काठमाडौं, २ पुस । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको कांग्रेस–एमाले गठबन्धन सरकार कसैले पनि ढाल्न नसक्ने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेले आफ्नो गल्ती, कमीकमजोरी ढाकछोप गर्न वर्तमान सरकार बनाएकाले यसले निरन्तरता पाउने बताएका हुन् । प्रथम र दोस्रो ठूलो दल मिलेर लुटतन्त्रलाई सुरक्षित बनाउन वर्तमान सरकार बनाइएको उनको टिप्पणी छ ।

‘एक्ला–एक्लै लुटिरहेका थिए, दुई वटा मुख्य पार्टीहरु एक ठाउँमा मिलेपछि लुटतन्त्र सुरक्षित हुन्छ, ढाकछोप गर्न पाइयो । …कसले ढाल्दिन्छ । दुईवटै मिलेपछि, दुनियाँमा नभएको जात्रा, लोकतन्त्रमा दुनियाँमा नहुने काम नेपालमा भइरहेको छ । प्रथम पार्टी र दोस्रो पार्टी मिलेर देश चलाइरहेको छ । लुटतन्त्रलाई ढाकछोप गर्न छ,’– नेता महतोले भने ।

साथै, समृद्धि, विकास, संविधान संशोधन, अधिकार र पहिचानको सवाल वर्तमान सरकारको एजेण्डा नै नरहेको उनको दाबी छ ।File Photo/RN



प्रतिक्रिया दिनुहोस्