Logo

संघीय लोकतान्त्रिक गणतन्त्रअनुसारको शासन र संविधान भएनः राजेन्द्र महतो



काठमाडौं, २ पुस । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम व्यवस्था रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले व्यवस्था राम्रो रहेपनि सोअनुसार शासन र संविधान नरहेको बताएका हुन् । उनले यहाँको शासन र संविधान बहुल राष्ट्रियताको आधारमा निर्माण हुनुपर्ने उनले बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र भनेको सबैभन्दा राम्रो व्यवस्था हो । यो भन्दा राम्रो व्यवस्था संसारमा छैन, यो उत्कृष्ट व्यवस्था हो । तर, यही व्यवस्थाअनुसारको शासन र संविधान हुनुपर्छ । शासन, संविधान यो चरित्रअनुसारको भएन । यो देश एकल होईन, एक जातको देश होईन । बाहुन, क्षेत्री, मधेशी, आदिवासी जनजाति सबैको देश हो । यहाँको शासन र सविधा सबैको लागि बनाउनुपर्छ,’– उनले भने ।

साथै, संविधान संशोधनमार्फत स्वयत्त शासन र अधिकार सम्पन्न संघीयता दिइनुपर्ने उनले बताए । अहिलेको संघीयता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिन्तनको रहेको पनि उनले टिप्पणी गरे । काठमाडौंको एकीकृत शासनको विकल्पमा संघीय शासन मागेपनि केपी ओलीको खल्तीको संघीयता बनेको उनले टिप्पणी गरे । विदेश नीति, मुद्रा, देशको रक्षा (सेना) र राष्ट्रिय गौरवको कामबाहेक सबै अधिकार प्रदेश सरकारलाई दिने खालको संघीयता चाहिएको उनले बताए । उनले वर्तमान सरकारले पनि संविधान संशोधनमार्फत संघीयतालाई बलियो बनाउन नसक्ने उनको दाबी छ ।

‘कांग्रेस–एमाले संघीयता विरोधी पार्टी हो । यिनीहरुको चिन्तन, सोच नै त्यस्तो छ । दिन खोजेको भए त २०७२ मै दिन्थ्यो नि त । गोली चलाएर संविधान बनाउँथ्यो ? गोली ठोकीठोकी संविधान बनाएको होईन ? १० वर्षमा के गरेको त ? खोई ?’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्